Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा चैत ७ गते पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरू जेल चलान भएको ताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उनीहरूलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

उनीहरूले काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर