Nepali Unicode | Preeti to Unicode

पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा सानदार जित निकालेको छ । लक्जेमवर्गमाथि ६–० को सानदार जित निकालेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टीयानो रोनाल्डोले दुई गोल गरे । जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले एक– एक गोल गरे ।

पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकालेको हो । लक्जेमवर्गमा आइतबार भएको खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । १५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरे ।  ३१औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा  पोर्चुगलले  ४–० को  अग्रता  बनायो ।

यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल पुरा गरेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन्  ।

खेलको ७७औं मिनेटमा ओटाभियोले गोल गरे । ८९ औं मिनेटमा राफयल लियो गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए ।  जितसँगै पोर्चुगल समूह ‘जे’ को शीर्ष स्थानमा छ । पोर्चुगलको २ खलेबाट ६ अंक जाडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर