Nepali Unicode | Preeti to Unicode

आइतबार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा झरेको छ ।

आइतबार सबै समूहको सेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको सेयर किनबेच भयो ।

आइतबार जालपा सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, महिला लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

धेरैजसो लघुवित्त कम्पनीको सेयर उच्च अङ्कले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मायाखोला जलविद्युत र एसियन हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर