आइतबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले घटेर सुन १ लाख ९ हजार २ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ थियो ।
आइतबार चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
