Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

मुम्बई । बम्बे उच्च अदालतले मंगलबार बलिउड अभिनेत्री कंगना रनौत र उनकी दिदी रंगोली चन्देललाई देशद्रोहको मुद्दामा पक्राउ नगर्न भनेको छ । यद्यपि उच्च अदालतले कंगना र रंगोलीलाई ८ जनवरीमा मुम्बई प्रहरीमा बयान दर्ता गराउन उपस्थित हुन आदेश दिएको छ ।

कंगना र रंगोलीका वकिल रिजवान सिद्दिकीले उच्च अदालत सामू उनीहरु ८ जनवरीमा १२ बजेदेखि २ बजेभित्र बयान दर्ता गराउन उपस्थित हुने आश्वासन व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत देश र बलिउड क्षेत्रबारे गलत खबर फैलाएर यसको बेइज्जत गर्न खोजेको र समाजमा भ्रामक कुरा फैलाएको आरोपमा उनीहरु विरुद्ध एफआईआर दर्ता भएको थियो ।

उनीहरु विरुद्ध यो आरोप कास्टिंग निर्देशक मुनव्वर अलीले गरेका हुन् । मुम्बईको बान्द्रास्थित एक अदालतको आदेशपछि प्रहरीले उनीहरु विरुद्ध एफआईआर दर्ता गराएका हुन् ।

यसपछि कंगना र रंगोलीले बम्बे उच्च अदालतमा निवेदन पेश गरि मुम्बई प्रहरीले उनीहरु विरुद्ध दर्ता गरेको एफआईआर रद्द गर्न अनुरोध गरेका थिए । नवभारत टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय