Nepali Unicode | Preeti to Unicode

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग पराजित भएको छ । फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा ब्राजिल पराजित भएको हो ।

घरेलु मैदानमा मोरक्कोले ब्राजिलमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गरे । ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।

खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल खेलमा पछि परेको थियो । ६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै मोरक्कोको जित निश्चित गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर