Nepali Unicode | Preeti to Unicode

तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोहलाई प्रहीले पक्राउ परेको छ ।

बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गर्दै गिरोहमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामा छन् ।

उनीहरूले झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

गिरोहले तिब्बती शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति तीनदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी राठौरले जानकारी दिए ।

यो गिरोहले गएको ६ वर्षमा पाँच सय जनाभन्दा धेरै तिब्बतीलाई नागरिकता बनाइदिएको प्रहरीको अनुमान छ ।

तिब्बतीलाई नागरिकता बनाइदिएको आशङ्कामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठले प्रतिपटक १० हजार रुपैयाँका दरले भाडामा नक्कली बाबु बनेर पाँच जनाको नागरिकताका लागि सनाखत गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर