Nepali Unicode | Preeti to Unicode

नेपालले आज लाओससँग फुटबल खेल्दैछ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र  लाओस भिड्न लागेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र  लाओस भिड्न लागेका हुन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा नेपाल जित निकाल्ने योजनासहित नेपाल मैदान उत्रनेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताए ।

प्रतियोगिताका लागि  मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले २३ सदस्सीय टिम घोषणा गरिसकेका छन् । टोलीमा ६ जना नयाँ खेलाडी छन् । नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २– २ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो । लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि नेपालविरुद्ध खेल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर