Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले नेपाली काङ्ग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमजोरी काङ्ग्रेसबाट हुन नहुने बताए ।

उनले अहिलेको परिस्थितिलाई काङ्ग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा काङ्ग्रेसकै काँधमा रहेको जिकिर गरे ।

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली काङ्ग्रेस नचुकेको बताए ।

लोकतन्त्रविना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीररूपमा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर