महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् ।
चैत्र ५ गते सम्पन्न निर्वाचनमा पौडेल निकटतम प्रतिद्वन्दी अखिल (क्रान्तिकारी) का रोहित यादव भन्दा दोब्बर बढी मतले निर्वाचित भएका हुन् ।
सभापतिका अर्का उम्मेदवार अनेरास्ववियुका नविन पहाडी तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहरा निर्वाचित भए । यसको औपचारीक घोषणा भने हुन बाँकी छ ।
