नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ । तेजाबी सुन पनि आज प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनकाे भाउ केहि घटेपनि सर्वाधिक दाेश्राे रेकर्ड हो ।
आइतबार भने सुनको भाउमा उछाल आउँदा नयाँ रेकर्ड कायम भएको थियो । हिजो सुन तोलामा २ हजार ९०० रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदीको मूल्य पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो ।
