विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कडेललाई एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ । सिनियर टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कडेललाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाली क्रिकेटलाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकपमा छनोट खेलमा युएई विरुद्धको ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने कडेललाई १ लाख १ हजार नगदसहित सम्मान गर्ने निर्णय भएको मेयर नागेश कोइरालाको सचिवालयले जानकारी दिएको छ ।
