Nepali Unicode | Preeti to Unicode

गायीका मिलन नेवार र गायक रवी ओडको स्वरमा ‘पहरी फूल–२’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ ।

प्रेमभाव रहेको गीतको भिडियोमाले अभिनय देख्न सकिन्छ । पहरी फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरूलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा गीत मार्फत आफूले आम दर्शक तथा स्रोता माझमा पुर्याउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताए ।

प्रेम र रोदनलाई कलात्मक रूपमा गीतमा समेटिएको छ । नवराज खड्काको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको  निर्देशनमा भिडियो तयार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर