Nepali Unicode | Preeti to Unicode

चैत ६ गते । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनु भएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर