आज आइतबार सेयर बजार घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९० विन्दुले घटेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा झरेको छ ।
जलविद्युत, होटल र निर्जीवन बीमा समूहको सेयर सामान्य बढे पनि अरू समूहको सेयर घटेको छ ।
दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको सेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सृजनशील लघुवित्तको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
