Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवारको प्रतिनिधिसभा बैठकबाट आफूले सबै सांसदबाट विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

आइतवारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भोलि सबै सांसदबाट विस्वासको मत पाउने आशा राखेको बताएका हुन् ।

उनले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै अब शत प्रतिशत पुग्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्रीले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

उनलाई अहिलेसम्म नेपाली काङ्ग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर