Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक सकिएको छ । संसद भवनमा बिहान सम्पन्न बैठकले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि जानकारी दिँदै महतले विश्वासको मत दिएरै सरकारमा जाने निर्णय भएको बताउँदै पार्टीबाट सरकारमा जानका लागि विभिन्न मापदण्ड रहेकाले सोही अनुसार नेतृत्वले चयन गर्ने पनि बताए ।

गत पुस २६ गते प्रतिपक्षमै भएर पनि विश्वसासको मत दिएको कांग्रेसले यसपालि विश्वासको मत दिएर सरकारमा जाने बताएसँगै प्रतिपक्षको कुर्सी पनि छाड्ने छ ।

महतले आजको प्रतिनिधि सभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर