Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

काठमाडौं, ७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वर्तमान सरकारको स्थायित्वमाथि नै प्रश्न उठेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताहरु यतिवेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

हिजोमात्रै दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालनिकट स्थायी कमिटी सदस्य तथा तत्कालिन कार्यदलका सदस्य सुरेन्द्र पाण्डेमाथि ओली पक्षधर कार्यकर्ताहरु चितवनमा आयोजित पार्टी कार्यक्रममा अभद्र व्यवहार भएको छ । उक्त घट्नालाई लिएर वरिष्ठ नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले निन्दा र भत्र्सना गर्दै घट्नामा संलग्नलाई छानबिन गरि कारबाहीको माग गरेका छन् । नेकपाको सचिवालय बैठक यही मंसिर १३ गतेलाई तोकिएको छ । तर, बैठकभन्दा अघि ओली र दाहालबीच छलफल तथा वार्ता हुनुको साटो विपक्षी दलका नेताहरुसँग कसरी सहकार्य गर्न सकिन्छ ? भनेर छलफल भएका समाचार बाहिर आएका छन् ।

हिजोमात्रै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासँग तीन घण्टा लामो छलफल गरेको रहस्य आज बाहिरिएको छ । नेकपाभित्र आन्तरिक विवाद चुलिएको अवस्थामा ओलीले विपक्षी दलका नेतासँग गरेको भेटवार्ता आँफैमा अर्थपूर्ण रहेको छ । स्रोतकाअनुसार ओलीले आफ्नो पार्टी फुटेपनि सत्ता सहकार्यको लागि आफू तयार रहेको र त्यसको लागि के के गर्नुपर्ने हो ? त्यो सबै गर्न आफू तयार रहेको भन्दै कांग्रेस सभापति देउवालाई कति र कुन मन्त्रालय लिने ? र अरु कुन कुन पद लिने हो ? त्यो भन्न आग्रह गरेको बुझिएको छ । यद्धपी देउवासँगको प्रधानमन्त्रीको भेटवार्ता भने अहिलेसम्म बालुवाटारले सार्वजनिक गरेको छैन् । र, मिडियामा दुई नेताबीच भेटवार्ता भएको भनेर आएको समाचारमा सत्यता नभएको बालुवाटारको दाबी छ । ‘यसअघि पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र विवाद चुलिँदा देउवासँग सत्ता–सहकार्यको लागि प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय