आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो ।
पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नोरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए ।
बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै रोहन मुस्तफा र जवार फरिदले १/१ विकेट लिए ।
लिग–२ मा पीएनजीको को अन्तिम खेल हो ।
