Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ ।

काम गर्न सक्नेहरुलाई हप्ताको दुई दिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको दरले दिइने उहाँको भनाइ छ । तर, काम गर्न नसक्नेहरुका लागि भने व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

यसैबीच, महानगरपालिकाले आज खुला ठाउँमा खान खुवाउने अभियान्ताहरुलाई बोलाएको छ । तिहारअघि, तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यान्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले उनीहरुलाई बोलाएको महानगरपालिकाका प्रवक्ता डंगोलले बताउनुभयो ।

तिहारअघि भएको छलफलमा तिहारपछि खुला ठाउँमा खाना खुवाउन रोकेर भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमतिअनुसार खाना खुवाउने ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।

भाडाको ठाउँ खोजिरहेको र ठाउँ नपाउञ्जेल खुला ठाउँमै खाना खुवाउन आफूहरु बाध्य भएको अभियान्ताहरुले बताएका छन् । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण रोजगारी गुमाएर खाना खान समस्या भएकाहरुका लागि खुलामञ्च लगायत ठाउँहरुमा खाना खुवाउने अभियान चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय