स्पेनिस ला लिगामा बार्सिलोनाले ९ अंकको अग्रता बनाएको छ । एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे । राफिन्हाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै बार्सिलोनाले २५ खेलमा ६५ अंक जोडेको छ । समान खेल खेलेको रियल म्याड्रिडसँग ५६ अंक छ ।
म्याड्रिड दोस्रो स्थानमा छ ।
