यसअघि पनि नेकपाभित्र विवाद चुलिँदा र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन दाहाल पक्षले माग गरेको बेलामा चिनियाँ राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिईन् । त्यतिवेला पनि यान्छीको सक्रियतालाई लिएर चौतर्फी आलोचना भएको थियो । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नेगरि राजदूतको सक्रियता बढ्नु दुःखद् भएको कुटनीतिक मामिलाका जानकारहरुले स्पष्ट पारेका छन् ।
दाहाल शितलनिवासबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध सचिवालयका बहुमत सदस्यहरु एक भएपछि उनी यतिवेला अप्ठ्यारोमा परेका छन् । यसैबीच, नेकपाको सचिवालय बैठक आज अपरान्ह १ बजे डाकिएको छ। तर, प्रधानमन्त्री ओली भने बैठक सार्ने पक्षमा छन् । सचिवालयका बहुमत सदस्यहरु भने कुनैपनि हालतमा बैठक नसार्ने र बैठक राखेर अघि बढ्ने तयारीमा जुटेका छन् ।