जनता समाजवादी पार्टीबाट प्रमिला यादवले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
यादवको प्रस्तावकमा रञ्जू झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहेका छन् ।
यसअघि जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
रामसहायप्रसाद यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।
