Nepali Unicode | Preeti to Unicode

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय नागरिक उन्मुक्ति पार्टीले  गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिका उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित हुँदा निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेपछि उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो ।

तर संविधानका अनुसार उपराष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर चाहिन्छ । संसद सचिवालयमा उनले पेश गरेको कागजात अनुसार ४० वर्ष पुगेको देखिन्छ । उनको जन्म २०३९ फागुन ११ गते भएको विवरण पेश गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर