Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
अत्याधिक मदिरा सेवन गरेर श्रीमतीको हत्या
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

डडेल्धुरा, ३ मंसिर । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–७ साँदनीमा भाईटिकाकै राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन ।इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको समान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।

घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न पुनमगरलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर रहेका पुन मगरले श्रीमतीको हत्या गरेपछि उनी प्रहरी हिरासतमा पुगिसकेको र बालबालिकाहरुको विचल्ली भएको साँदनी विपद् व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर भण्डारी ‘आँशु’ ले बताए । मृतक पुन मगरको शव व्यवस्थापन र पोष्टमार्टमका लागि साँदनी विपद् व्यवस्थापन समितिले ९ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । मृतक दम्पत्तीका चार छोरा र दुई छोरी छन् । दुबै छोरीको बिहे भइसके पनि छोराहरु सानै भएकाले विजोगमा परेको छिमेकी धिरेन्द्रसिँह जाग्रीले बताएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय