Nepali Unicode | Preeti to Unicode

आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा भएको अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको हो ।

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि  जितका लागि पर्याप्त भएन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९‍.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।   नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक २९७ रन बनाएको हो। नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन बनाएको थियो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गर्दा पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी  गरेका थिए । ओपनर कुशल भुर्तेल ४५ रनमा आउट भए ।    कुशल मल्ल २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए ।

कप्तान रोहित पौडेल ३० रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ७ रन जोडे । आरिफ शेख १५ रन बनाएर आउट हुँदा करण केसी ८ रन र सन्दीप लामिछानेले ७ रनमा आउट भए । भीम सार्कीले ४४ रन बनाए । सोमपाल कामी ४ रनमा नटआउट रहे ।

पिएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिए । रेली हेकुरेले १० ओभरमा ५० रन खर्चिएर ३ विकेट लिए । नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग– २ को अन्तित सिरिज हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी  सिरिजका चार मध्ये दुई खेल जिते नेपालले लिग– २ बाटै एकदिवसीय मान्यता जोगिनेछ । चारै खेलमा हात पारे नेपालले लिग– २ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । सिरिजमा नेपालले अब फागुन २८ मा  युएई,  फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर