जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता हुन् । आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।
