आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनले पराजित गरेकाे छ । आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई पराजित गरेको हो ।
लिग टु मा युएईमाथि पहिलो जित निकालेको नेपाल लिगको अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । २३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा १८७ रनमा समेटियो ।
नेपालको जितका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङ गरे । सोमपाल कामीले सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । करण केसी सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए ।
युएईका ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन जोडे ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्य रनमा आउट गरेका थिए । दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालका लागि युवा ब्याटर भीम सार्कीको उत्कृष्ट ब्याटिङ गरेका थिए । नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रन जोडे ।
आरिफ शेख ४३ रन र प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालका लागि सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको साझेदारी गरेका थिए । सन्दीपले २७ रन जोडेका थिए ।
ज्ञानेन्द्र मल्ल ११ रनमा एलबीडब्लू आउट भए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । कुशल मल्ल ३२ रन जोडे ।
युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्राले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।
शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अव चार मध्य दुई खेलमा जित निकाले पर्याप्त हुनेछ । विश्वकपमा स्थान बनाउनका लागि बाँकी चार खेल नेपालले जित्नु पर्नेछ । नेपाल र युएई र पिएसजीबीचकाे दाेस्राे सिरिज नेपालमा हुँदैछ ।
