Nepali Unicode | Preeti to Unicode

सेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आइतबार उच्च अङ्कले घटेर राताम्मे भएको छ । नेप्से आइतबार ३० दशमलव ७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ ।

आइतबार सबै समूहको सेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आइतबार सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर साढे ७ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर