Nepali Unicode | Preeti to Unicode

म्यानचेस्टर सिटीले  इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडमाथि २–० गोल अन्तरले जित निकालेको हो ।

सिटीको जितमा फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को जित पक्का गरे ।

जितसँगै सिटीले २६ खेलबाट ५८ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा छ । न्युकासल ४१ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर