आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले ब्याटिङ थालेको छ ।
यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको हो ।
दुबईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ थालेको छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।
यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्काे खेल सोमवार यूएईसँग हुनेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।
अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ । साथै एक दिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।
