Nepali Unicode | Preeti to Unicode

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनसँगै प्रतिनिधि सभा सदस्यतर्फ रिक्त हुने क्षेत्रको उपनिर्वाचन बैशाख १० गते गर्ने भएको छ । यसपालि राष्ट्रपतिमा दुवै जना प्रतिनिधि सभाका सांसदहरु आमने सामने भएकाले जसले जित्छ त्यो क्षेत्रमा पुनः निर्वाचन गराउनु पर्नेछ ।

त्यसकारण दुईमध्ये एक स्थानले भएको सांसद गुमाउने छ र नयाँ सांसद चाहिने छ । त्यसका लािग बैशाख १० मै निर्वाचन हुनेछ । यो निर्वाचनको मिति पहिले चितवन २ का लागि तय भएको थियो ।

चितवन २ का जितेका सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी पाइएपछि पद गुमाउन पुगेका थिए । सोही कारण चितवनमा उपनिर्वाचन हुँदैछ । त्योसँगै अब बाँकी स्थानमा पनि सोही दिन चुनाव हुने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ का साथै अब रिक्त हुन सक्ने क्षेत्रको उपनिर्वाचन एकसाथै हुनेछ । जसमा राष्ट्रपतिका विजेताको स्थानमा पनि चुनाव हुनेछ ।

त्यसैगरी यदि चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पनि कोही सांसद उम्मेदवार भएर चुनाव जितेमा त्यो स्थानमा पनि बैशाख १० मै निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर