Nepali Unicode | Preeti to Unicode

बिहिबार पनि सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । बुधवार २४ दशमलव ४४ अङ्कले घटेको नेप्से बिहिबार २६ दशमलव ४७ अङ्कले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ ।

बिहिबार सबै समूहको सेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत र व्यापार समूहको सेयर उच्च अङ्कले घटेको छ ।

बिहिबार २ सय ५६ वटा कम्पनीको ३६ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

बिहिबार सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको सेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमि नेपाल जलविद्युत कम्पनी र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर