‘चाय सुट्टा बार’ ले वार्षिकोत्सवको अवसरमा डब्बल धमाका अफर ल्याएको छ ।
विराटनगर–२ तिनपैनीमा रहेको ‘चाय सुट्टा बार’ ले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा अफर ल्याएको हो ।
अफर अन्तर्गत पाँच सय रुपैयाँ बराबरको खर्चमा एक हजार रुपैयाँ बराबरको फुड भौचर उपलब्ध गराइने संचालक महेश सोनीले बताए ।
उनका अनुसार फुड भौचरको रकम मार्फत १० प्रतिशत छुट पाइने छ भने भौचरको रकम जबसम्म सकिँदैन तबसम्म प्रयोग गर्न पाइन्छ ।
चाय सुट्टा बारमा अदरक, चकलेट, रोज, इलैंची, पान, केशर, तुलसी, मसाला र लेमन गरि २२ भन्दा बढी प्रकारका चियाहरूको स्वाद लिन सकिन्छ ।
