सेयर बजार मंलगबार पनि घटेको छ । सोमवार साढे साढे ३ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से मंगलबार ३.८१ अङ्कले घटेको हो ।
मंगलबार जलविद्युत, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटेको दिन मंगलबार २ सय ६२ वटा कम्पनीको ३९ लाख ४६ हजार कित्ता सेयर १ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो ।
मंगलबार प्रिमियर इन्सुरेन्स कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर सबैभन्दा धेरै झन्डै ४ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
