Nepali Unicode | Preeti to Unicode

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीलाई पत्र लेखेर भोट मागेका हुन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि मत मागेका थिए ।

फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर