Nepali Unicode | Preeti to Unicode

आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ  । नेपाल  यूएई र पीएनजी सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर