Nepali Unicode | Preeti to Unicode

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् ।

विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै उनले औषधि सेवन गर्न आह्वान गरेका हुन् ।

महानगर परिसरमा संचालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले सरकारले संचालन गरेको अभियानलाई साथ दिएर विराटनगरबाट मात्रै होइन नेपालबाट हात्तीपाइले रोग निवारण गर्न जरुरी रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर