Nepali Unicode | Preeti to Unicode

उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन पौडेल भारत गएका हुन् ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्लोरमा हुने कार्यक्रम छ ।

मन्त्री पौडेलले सम्मेलनका साथै भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्नुहुने कार्यक्रम छ ।

उनीसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् ।

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरू छन् । उपप्रधान एवम् अर्थ मन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर