Nepali Unicode | Preeti to Unicode

आज बिहिबार सेयरबजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । सेयर बजार बिहीवार ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

बिहिबार सबै समूहको सेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको सेयर ४ सय १२ अङ्कले घटेको छ ।

बिहिबार ३७ वटा लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ भने आठ वटा लघुवित्त कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सेयर बजार घटे पनि कारोबार रकम भने बिहिबार केही बढेको छ । बिहिबार २ सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

समग्रमा बजार घटे पनि बिहिबार नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

लामो समयपछि हिजो बुधवार बढेको सेयर आज उच्च अङ्कले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर