झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मंगलबार सुनसरीको इटहरी उप–महानगरपालिका–१० खनारमा सिटि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफैँ अनियन्त्रित भएर पल्टिँदा सिटिमा सवार इटहरी–१० का ४० वर्षीय सुरेन्द्र सरदारको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सरदारको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेका दुईवटा साइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका साइकल यात्री बेलबारी–२ का १९ बर्षीय लेखनाथ चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका अर्का साइकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै बुधबार झापाको कनकाई नगरपालिका– १ दुर्गापुर चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएके छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाइकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड–२ को निधी क्याम्पसको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा वीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधनहरू र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
