Nepali Unicode | Preeti to Unicode

विराटनगर महानगरपालिकाले नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरेको छ । मंगलबार महानगरपालिकाले नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरेको हो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ ।

महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गरे ।

सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताए । उनले नगर प्रहरीलाई जिम्मेवार भएर छिटो छरितो रूपमा काम गर्न निर्देशनसमेत दिए ।

सो अवसरमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, राम पोखरेल, सूर्यनारायण महतो, जितेन्द्रकुमार साहलगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर