Nepali Unicode | Preeti to Unicode

नेकपा एकीकृत समाजवादी आज दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको उनले बताए ।

बैठकबाट राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताए । अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर