एजेन्सी– धेरै यस्ता फलफुल छन् जसलाई खाँदा हामी स्वास्थ रहन सक्छौँ । त्यस्ता फलफुल मध्ये अनार पनि एक हो । अनार खानुका निकै फाईदा छन् त्यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर, अनारको बोक्रा पनि निकै उपयोगि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
भिटामिन युक्त अनारको बोक्राले छाला चम्किलो पार्ने मात्र होईन कैयौँ रोग पनि लाग्नबाट बचाउन सक्छ । महिनावारीको समयमा अत्यन्त पीडा भएमा यसको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई पिसेर पानीमा घोलेर खानाले पीड, दुखाई कम हुनसक्छ ।
साथै, कपाललाई स्वस्थ बनाउन या चाँयाको समस्याबाट छुटकारा पाउन होस् तेलमा अनारको बोक्राको धूलो मिसाएर कपाललमा लगाउने र दुई घण्टापछि शेम्पोले नुहाउनाले त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यतिमात्र मुटु रोगीका लागि पनि यो निकै उपयोगी छ । बोक्राको धूलो पानीमा मिसायर खानाले निकै फाईदा हुन्छ । अनुहारमा आउने डन्डिफोरमा पनि यसको लेप बनाएर लगाउनाले निकै फाईदा हुने देखिन्छ ।
यो पनि पढ्नुहोस: – फलफुल हाम्रो शरीरको लागि एकदम आवश्यक्त तत्व हो । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ ।
फलफुल खाएपछि हामी त्यसको बोक्रालाई पोहोमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदा थाहा नभएको हुन्छ । फलफुको बोक्राहरुमा फाईदा यसरी लुकेका छन् ।
१. मेवाको बोक्रा : मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्रा धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।
२.खरबुजाको बोक्रा : खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।
सुन्तलाको बोक्राः सुन्तलाबाट भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सकिन्छ। सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।
केराको बोक्राः केराकोबाट मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।
