नेपाल र नामिबियाबीचको क्रिकेट खेल टियु क्रिकेट मैदानमा जारी छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबियाका लागि माइकल भान लिंगेनले अर्धशतक प्रहार गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध माइकलले अर्धशतक प्रहार गरेका हुन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाका लागि माइकल भान लिंगेन ६९ बलमा ४ चौका र २ छक्कासहित ५० रन पुरा गरेका हुन् ।
तीव्र गतिका बलर सोमपाल कामीले ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे । स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आफ्नो दोस्रो बलमै विकेट लिए । बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई सन्दीपले १३ रनमा बोल्ड आउट गरेका हुन् ।
सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिएका थिए । विकेटलिएपछि सन्दीप भावुक बनेका थिए ।
