Nepali Unicode | Preeti to Unicode

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखला अन्तर्गत पहिलो खेल त्रिविवि कीर्तिपुर मैदानमा शुरु भएको छ । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दैछ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।

सन् २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाललाई एक दिवसीय वरीयतामा रहन बाँकी सबै खेलमा सकारात्मक परिणाम ल्याउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर