Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम वर्तमान सरकारमा सहभागी नहुने भएका छन् । उनले केपी शर्मा ओलीविरोधी क्याम्प पनि नछाड्ने भएका छन् ।

गौतम निकट स्रोतका अनुसार उनले आफू वर्तमान सरकारमा नजाने स्पष्ट पारेका हुन् । सर्वोच्च अदालतले वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा नहन नदिनु र मन्त्री बन्नबाट रोक्नु भनी दायर रिटको संवैधानिक इजलाशले अन्तरिम आदेश गर्नुनपर्ने भनेपछि गौतमको मन्त्री बन्ने ढोका खुलेको थियो । उक्त फैसलालाई नेकपाको वर्तमान विवादसँग समेत जोडेर हेरिएको छ ।गौतमलाई आफ्नो क्याम्पमा ल्याउन ओलीले उनलाई उपप्रधानमन्त्री बनाउनसक्ने चर्चा समेत छ । ओलीनिकट नेताहरुले सामाजिक सञ्जालमा त्यस्तै आशयको सन्देश दिएका छन् । तर, गौतमले आफूलाई पटक पटक धोका भएको भन्दै ओली पक्षमा नजाने निकटस्थसँग स्पष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय