साउदी प्रो लिगको खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले चार गोल गरेका छन् । अल वेहदाविरुद्ध खेलमा अल नासरबाट उनले ४ गोल गरेका हुन् । नासर सो खेलमा ४–० गोल अन्तरले विजयी भयो ।
पहिलो हाफमा दुई गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पनि दुई गोल थपेका थिए । अघिल्लो खेलमा अल नासरलाई हारबाट जोगाएका रोनाल्डोले विहीबार राति सानदार जित दिलाए । जितसँगै नासर लिगको शीर्षस्थानमा उक्लिएको छ ।
रोनाल्डोले २१ अौं मिनेटमा गोल गरे । ४० अौं मिनेटमा उनले दोस्रो गोल गरे । ५३ अौं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेका रोनाल्डोले ७ मिनेटपछि अर्को गोल गरेका थिए ।
जितले अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ । नासरले १६ खेलबाट ३७ अंक जोडेको छ ।
