मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठक बस्ने समय भन्दा एक घण्टा अगाडि बैठक स्थगित भएको हो ।
प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको बताए । प्रदेशसभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची थियो । तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे निर्णय नगरेपछि आजको बैठक स्थगीत भएको हो ।
