Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ ।

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले दर्ता गर्न आदेश दिएपछि देउवाविरुद्धको रिट दर्ता भएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले माघ १८ गते दायर गरेको रिट यससम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाइने र निवेदकलाई प्रस्तुत निवेदन गर्ने हकदैया समेत नरहेको भन्दै सर्वाेच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध अधिवक्ता पोखरेलले निवेदन दिएका थिए । रिटमा नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन समेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिकामा नदिन रिटमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर